0
Shares
काठमाडौं । एलेक्स बाएनाको गोलमा स्पेनसँग उरुग्वे पराजित हुँदा पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा पुगेको छ । स्पेनले दुई पटकको विश्वविजेता उरुग्वेलाई लाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको हो ।
यो जितपछि स्पेनले आफ्नो समूहमा ७ अंक जोडेर समूह विजेता बनेको छ । उरुग्वेका लागि समूह चरण पार गर्न जित निकाल्नुपर्ने दबाबमा थियो ।
उरुग्वे समूहमा दुई बराबरी र एक हारबाट २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकपको डेब्युमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बनेको हो ।