मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिगो र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक

0 Shares

काठमाडौँ । फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।

अनधिकृत तथा पाइरेटेडस्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन” FINAL_ FIFA WORLD CUP 2026 ULTIMATE SUBSCRIBERS GIVEAWAY” अभियान संचालन गरिएको हो।

यस अभियान अन्तर्गत DGO एप मार्फत सिधै ‘सिजन पास’ (Season Pass) वा ‘मोबाइल पास’ (Mobile Pass) खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन्।

मुख्य आकर्षण र उपहारहरूको विवरण (Prize Details)
विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनकालागि दुवै पास (सिजनरमोबाइल) खरिद कर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ:
१) सिजन पास विजेताहरूका लागि (Season Pass Rewards):
• लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेषगरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने)
• क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी
• नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी
• भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
• ५५” स्मार्ट टिभी

• मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि)

२) मोबाइल पास विजेताहरूका लागि (Mobile Pass Rewards):
• भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
• ५५” स्मार्ट टिभी

• ४३” स्मार्ट टिभी

• स्मार्ट फोन

सहभागिताका मुख्य सर्तहरू (Terms & Conditions)
यस ऐतिहासिक गिभ अवेमा सहभागी हुन ग्राहकहरूले निम्न ३ वटा सरल प्रक्रिया पूरा गर्नु पर्नेछ:
१. DGO App डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्ने।
२. DGO एप बाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास (Season Pass)वा मोबाइल पास (Mobile Pass)खरिद गर्ने।
३. DGO को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्ने।

नियम तथा योग्यता:
• यो अभियान २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म लागू हुनेछ।
• अभियानमा केवल नेपाल भित्र बसोबास गर्ने सक्रिय DGO प्रयोग कर्ताहरू मात्र योग्य हुने छन्।
• आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्श दाता र तिनका परिवारका सदस्यहरू यस खेलमा सहभागी हुन पाउने छैनन्।
• विजेताहरूको छनोट र प्रमाणीकरण DGO को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिने छ र पुरस्कारलाई नगद वा अन्य सामानसँग साट्न पाइने छैन।

 

सम्बन्धित समाचार