गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

0 Shares

पर्सा । वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरले सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू)लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने व्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

पछिल्लो दिनमा तराई(मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

सम्बन्धित समाचार