रश्मिका, शाहिद र कृति अभिनीत ‘ककटेल २’को कमाइ १०० करोडनजिक

0 Shares

काठमाडौं ।  जुन १५ देखि बलिउड फिल्म ‘ककटेल २’ हलमा प्रदर्शनरत छ। रोमान्टिक/कमेडी जनराको यस फिल्मले विश्वव्यापी रूपमा तीव्र गतिमा व्यापार गरिरहेको छ।

विश्वभर यस फिल्मको कमाइ सय करोड भारतीय रुपैयाँनजिक पुगेको छ। यस फिल्मले पाँच दिनमा विश्वव्यापी रूपमा ९५.६० करोड भारु कलेक्सन गरेको हो।

होमी अदजानिया निर्देशित फिल्ममा रश्मिका मन्दाना, शाहिद कपुर र कृति सेनन मुख्य भूमिकामा छन्। फिल्मले विश्वव्यापी बक्स अफिसमा आफ्नो अघिल्लो रेकर्ड तोड्ने निश्चित छ।

सन् २०१२ मा रिलिज भएको ‘ककटेल’को लाइफटाइम कलेक्सन १०६ करोड भारु छ। जुन कलेक्सन यस सिक्वेलले आजभोलि तोड्ने देखिन्छ।

यस फिल्मले पहिलो दिन विश्वभर २०.२० करोड भारु ओपनिङ गर्‍यो। शनिबार ३०.७५ करोड कमाउँदा तेस्रो दिन २५.३० करोड भारु कमाएको छ। त्यस्तै, सोमबार ९.५३ करोड र पाँचौं दिन ९.८२ करोड भारु कलेक्सन गरेको छ।

यस फिल्मले घरेलु बक्सअफिसमा ६०.९० करोड भारु छ। मिश्रित प्रतिक्रिया पाइरहेको यो फिल्म नेपालका हलमा पनि लागिरहेको छ।

सम्बन्धित समाचार