विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा लगियो

0 Shares

काठमाडौँ । पूर्वअर्थ मन्त्री तथा नेकपा एमाले नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा लगिएको छ ।

सोमबार पौडेललाई सुर्खेत पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ गरेसँगै उनलाई रातारात काठमाडौं ल्याइएको थियो ।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएपछि उनी पक्राउ परेका थिए ।

सम्बन्धित समाचार