कोटेश्वरमा कारले ठक्कर दिँदा चार मोटरसाइकलमा क्षति, ५ जना घाइते

0 Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बा.१४ च ४८२० नम्बरको कारले चार वटा मोटरसाइकललाई ठक्कर दिएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

घाइतेलाई उपचार ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

कार चालक विराटनगर घर भई सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार