शिवपुरीको जंगलमा साहसिक ट्रेल राइडसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको ‘एपेक्स राइड’ सम्पन्न

0 Shares

काठमाडौँ । ट्रायम्फ मोटरसाइकल्स नेपालले ७ असार २०८३ मा ‘एपेक्स राइड: ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेलहरू हुँदै आयोजना गरिएको यस विशेष एकदिने राइडमा ट्रायम्फ मोटरसाइकल राइडरहरू सहभागी भएका थिए ।

विश्व मोटरसाइकल दिवसको अवसरमा राइडिङको उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राइडरहरूलाई सहरको व्यस्तताबाट केही समय टाढा रहने अवसर प्रदान गयो । सुन्दर सडक, रोमाञ्चक ट्रेल खण्डहरू, राइडरहरूबीचको आत्मीयता तथा नेपालमा विस्तारिँदै गएको ट्रायम्फ राइडर समुदायको साझा उत्सवले यस राइडलाई विशेष बनाएको थियो ।

यो राइड बुद्धीलकण्ठ, डाँडागाउँ, सांग्ला, लिखु खोला र समुद्रदेवी हुँदै अगाडि बढेको थियो । सहभागीहरूले रमणीय सडकहरू, शीतल ट्रेलहरू, नदीकिनारका मार्गहरू र आउटडोर राइडिङ अनुभवहरूको अविस्मरणीय मिश्रण अनुभव गरेका थिए ।

राइडपछि सहभागीहरू नक्सालस्थित बाइकर्स क्याफेमा ट्रायम्फ नेपालद्वारा आयोजित विशेष साँझ कार्यक्रममा एकत्रित भएका थिए। उक्त साँझको प्रमुख आकर्षण वैशाख १२ देखि १८ २०८३ सम्म सम्पन्न भएको ट्रायम्फ नेपाल इपिक राइड – मनाङ एडीशनको भिडियो प्रिमियर थियो, जसले राइडरहरूलाई ट्रायम्फ नेपालको सबैभन्दा अविस्मरणीय साहसिक यात्रामध्ये एकलाई पुनः स्मरण गर्ने अवसर प्रदान गरेको थियो ।

साँझको कार्यक्रम स्वादिष्ट भोजन, आत्मीय कुराकानी र ट्रायम्फ राइडर समुदायबीच अनुभव र यात्राका कथाहरू बाँड्दै निरन्तर अघि बढ्यो । यसले यो कार्यक्रमलाई केवल राइड मात्र नभई, आपसी सम्बन्ध, साहसिक अनुभवका रूपमा अझ अर्थपूर्ण बनाएको थियो ।

कार्यक्रमको सफलताबारे ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले प्रतिक्रिया दिँदै भने, “हामीले यो राइडलाई केवल मोटरसाइकलको मात्र नभई समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौं । ‘एपेक्स राइड: ट्रेल्स अफ शिवपुरी’ ले ट्रायम्फ राइडरहरूलाई एकै ठाउँमा भेला हुने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने, आफ्ना कथाहरू बाँड्ने र मोटरसाइकल यात्राको वास्तविक रोमाञ्च अनुभव गर्ने, हाम्रो लागि सधैं विशेष कुरा भनेको राइडरहरू आफ्नो मोटरसाईकलसँग मात्र होइन, यात्राका दृश्य, सम्पूर्ण यात्रा र एक-अर्कासँ जोडिएको देख्नु हो । “

सम्बन्धित समाचार