0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् । नेकपाले चितवनमा आइतबार हुने रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने निर्णय गरेको हो ।
रास्वपाले भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो । तर, उनी पूर्ण रूपमा स्वस्थ भइनससकेका कारण पुनलाई पठाइने भएको हो ।
निमोनिया र ज्वरोका कारण १० दिन अस्पताल बसेर प्रचण्ड जेठ १८ मा डिस्चार्ज भएका थिए । त्यसयता पहिलोपटक पार्टी उनी नेकपा मुख्यालयमा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियान शुभारम्भ कार्यक्रममा सहभागीमा पुगेका थिए ।