सेनेगलविरुद्ध फ्रान्स र इराकमाथि नर्वेको सानदार जित, एम्बाप्पेको कीर्तिमानी गोल-चम्किँए हालान्ड

0 Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकले विजयी सुरुआत गरेको छ । राति सम्पन्न खेलमा फ्रान्सले सेनेगलविरुद्ध ३-१ गोलको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै गोल दोस्रो हाफमा भएको हो । खेलको ६६औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । योसँगै उनले फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमानी तोडेका छन् ।

उनले ओलिभर जिरुडको ५७ गोलको कीर्तिमानी तोडेका हुन् । एम्बाप्पेले गोल संख्या ५८ बनाए । यस्तै, विश्वकपमा एम्बाप्पेले गोल संख्या १४ पुर्याएका छन् । उनी सर्वाधिक गोलबाट तीन गोलमात्रै टाढा छन् ।

यस्तै, दोस्रो गोल ८२ औँ मिनेटमा ब्राड्ली बार्कोलाले गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने बित्तिकै उनले गोल गरेका हुन् । यता खेल सकिनै लाग्दा इन्जुरी समयमा इब्राहिम एम्बाएले गोल गर्दै सेनेगललाई १-२ को स्थितीमा ल्याए ।

त्यसलगत्तै एम्बाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई ३-१ को जित दिलाएका हुन् । जितसँगै समूह आई मा रहेको फ्रान्सले तीन अंक जोडेको छ ।

यता, इराकविरुद्ध नर्वेले जित निकालेको छ । अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा एर्लिङ हाल्यान्डले २ गोल गर्दा नर्वेले इराकविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको हो ।

हाल्यान्डले खेलको २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि इराकका आयमन हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ४३ औँ मिनेटमा हाल्यान्टले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई अग्रतामा पुर्‍याए ।

हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको हो । समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो ।

नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पाएको हो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे ।

यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अंकविहीन छन् ।

सम्बन्धित समाचार