नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक

0 Shares

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप तथा कर्जातर्फका ब्याजदरहरू समयसापेक्ष बजार अवस्थाअनुसार परिमार्जन गरेको जनाएको छ ।

प्रकाशित नयाँ ब्याजदर अनुसार ग्राहकहरूले विभिन्न बचत, मुद्दती निक्षेप तथा कर्जा सुविधाहरूमा अद्यावधिक दरको लाभ लिन सक्नेछन् । बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ ब्याजदर सम्बन्धी विस्तृत जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट, मोबाइल बैंकिङ तथा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने समेत बैंकले जनाएको छ ।

बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अवधिअनुसार न्यूनतम २.८२ प्रतिशतदेखि अधिकतम ४.१० प्रतिशतसम्म ब्याजदर उपलब्ध हुनेछ । संस्थागत मुद्दती निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ । यस्तै, विभिन्न बचत खातामा २.७६ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याज प्रदान गरिनेछ ।

कर्जा क्षेत्रमा बैंकले शिक्षा, घर तथा अटो कर्जाका लागि निश्चित ब्याजदर सार्वजनिक गरेको छ । शिक्षा कर्जामा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.४९ प्रतिशत तथा १० वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यसैगरी, घर कर्जामा ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १०.४९ प्रतिशत ब्याजदर कायम गरिएको बैंकले जनाएको छ । अटो तथा हायर पर्चेज कर्जामा व्यक्तिगत प्रयोजनका लागि ५ वर्षसम्म ८.९९ प्रतिशत र ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत निश्चित ब्याजदर लागू हुने बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार