इरानद्वारा इजरायलमाथी आक्रमण

0 Shares

काठमाडौं । युद्धविरामपछि पहिलोपटक इरानले उत्तरी इजरायलस्थित रमात डेभिड एअरबेसमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। गत अप्रिल ८ मा भएको युद्धविरामको २ महिना पछिका इरानले इजरायलमा आक्रमण गरेको हो ।

इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी)ले उत्तरी इजरायलस्थित रमात डेभिड एअरबेसमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जानकारी दिएको छ । उक्त हवाई अड्डा हाइफा शहरबाट करिब २० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। आइआरजिसीलले जारी गरेको वक्तव्यमा यो आक्रमण दक्षिणी लेबनान र बेरुतको दक्षिणी उपनगरहरूमा भएका इजरायली सैन्य कारबाहीको जवाफस्वरूप गरिएको बताएको छ।

इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएको पुष्टि गरेको छ, तर तत्काल क्षति वा हताहतीबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अधिकांश मिसाइलहरू अवरोध गरिएका थिए र हालसम्म ठूलो मानवीय क्षतिको पुष्टि भएको छैन। इजरायलले नागरिकलाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ। इरानले पनि आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ ।

यो आक्रमणले अमेरिका–इरान शान्ति वार्तामाथि थप दबाब सिर्जना गरेको छ र मध्यपूर्वमा व्यापक युद्ध पुनः चर्किन सक्ने चिन्ता बढाएको छ।

 

सम्बन्धित समाचार