वैदेशिक व्यापार घाटा ८ खर्ब, आयात निर्यात दुबैमा गिरावट

0 Shares

चालू आर्थिक वर्ष २०८०८१ को सातौ महिना अर्थात माघ महिनासम्ममा मुलुकको व्यापार घाटा ८ खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा १।७७ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

माघ महिनासम्म ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

माघ महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २।३१ प्रतिशतले घटेको छ भने निर्यात ७।०७ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार माघ महिनासम्ममा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

सम्बन्धित समाचार