0
Shares
काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो । गत शुक्रबार दुई लाख ९० हजार ६०० मा कारोबार भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ ।
यस्तै, एक तोला चाँदीको मूल्य पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको चाँदीको मूल्य ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।