आज मिति २०८३ साल जेठ १७ गते आइतबार । सन् २०२६ मे ३१ तारिख । नेपाल संवत् ११४६, रौद्र संवत्सर । अधिक जेठ शुक्लपक्षको पूर्णिमा तिथि । बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ६ बजेर ५३ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्न अनुरोध छ । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । मित्रजनले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने देखिन्छ । कला क्षेत्रमा रुचि बढ्नेछ । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । साहसिक कार्यमा विशेष आकर्षण रहने छ ।
बृष
अल्झेको काम सुल्झने र नयाँ सोच–विचार पैदा हुने समय छ । नियमित कार्यबोझबाट फुर्सद मिलेको अनुभूति हुनुका साथै मनमा प्रशन्नता छाउला । मित्र एवम् आफन्तजनसँगको भेटघाटले उत्साह जगाउनेछ । धनलाभको योग छ । खर्च पनि केही वृद्धि हुने देखिन्छ ।
मिथुन
अधुरा कार्यले पूर्णता पाउनुका साथै नयाँ कामको शुरुवात हुनसक्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा मिल्ने योग छ । आलोचकहरू नै प्रशंसामा उत्रिएलान् । रुचिका विषयमा लगानी बढाउन उचित बेला छ । पराक्रम बढ्ने छ ।
कर्कट
आजको दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ । चोटपटकको योग रहेकोले हातहतियार, सवारीसाधन आदिको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । निको भएको स्वास्थ्य–समस्याले पुनः सताउन सक्छ, ख्यालभ राख्नुहोला ।
सिंह
विभिन्न अवसरले पछ्याउने समय छ । तपाईंको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । महत्वपूर्ण कामहरू बन्नाले मनमा शान्ति छाउनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्ताव मिल्ने सम्भावना छ ।
कन्या
आम्दानी वृद्धि तथा आर्थिक क्षेत्रमा राम्रो लाभ हुने समय छ । ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा क्रियाशीलताको दृष्टिले दिन एकदमै राम्रो देखिन्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा समय ब्यतीत होला । मित्रजनका साथ मिष्ठान्न भोजन मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिएला ।
तुला
आजको दिन सुखद नै रहने देखिन्छ । व्यापार–व्यवसायमा सुधार आउनेछ भने मनमा रहेको डर हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । यात्रागत कार्य लाभदायी रहला । सन्तान पक्षबाट पनि सुख पाइनेछ । पठनपाठन सामान्य रहला ।
वृश्चिक
केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर रहेको आभास हुनुका साथै नियमित कार्यमा विकर्षण बढ्न सक्छ । नसोचेको ठाउँमा धन खर्च हुने सम्भावना छ । फजुल खर्च नियन्त्रणका लागि आर्थिक व्यवहारमा विशेष सोचसमझ अपनाउनु उचित हुनेछ ।
धनु
समय अनुकुल रहेपनि नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन उचित सावित नहुन सक्छ । कुरा काट्नेहरूको सक्रियता बढ्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण दैनिकीमा असर पर्न सक्छ । आफन्तजन सहयोगी बनेर देखापर्लान् । सामाजिक कार्य एवम् धर्मकर्ममा आकर्षण बढ्ने छ ।
मकर
दीगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । आजको दिन खर्चको तुलनामा कमाइ नै बढी हुने योग छ । छरछिमेक एवम् मित्रमण्डलीबाट सरसहयोग प्राप्त होला । व्यापारिक कर्मबाट विशेष फाइदा मिल्नेछ । सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु नै प्रशंसा गर्न थाल्ने छन् ।
कुम्भ
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । परिश्रमले धेरै काम बन्नेछन् भने धनार्जनको योग छ । थालेका कामहरु सहजै बन्न सक्छन् । पारिवारिक सहयोगबाट चिताएको काम सहजै बन्ला । आरोग्यबल बढ्ने छ ।
मीन
सोचाइको विपरीत परिणाम प्राप्त हुने समय छ । कुनै महत्वपूर्ण कामको शुरुवात गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । आजको दिन आगो, पानी, हातहतियार जस्ता बस्तुप्रति विशेष सावधान रहनु हितकर हुनेछ । आलोचकहरु कुरा काट्नेहरु सक्रिय रहन सक्छन्, संयमपूर्ण व्यवहार गर्नुहोला ।