0
Shares
काठमाडौं । सरकारले सुनमा लिँदै आएको विलासिता शुल्क खारेज हुँदा भन्सार र सिप प्रवर्द्धन शुल्क थपेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा २० प्रतिशत भन्सार शुल्कसँगै सिप प्रवर्द्धन शुल्कसमेत थपिएको हो ।
अब ग्राहकले सुन खरिद गर्दा २० प्रतिशत भन्सार शुल्कसहित अतिरिक्त ०.५ प्रतिशत सिप प्रवर्द्धन शुल्क तिर्नुपर्ने भएको छ । आर्थिक ऐनको अनुचसूची ६ अनुसार सुन वा सुनका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्री गर्दा कूल मूल्यमा सो कर लाग्ने छ ।
यस्तै, पहिलो पटक चाँदी वा चाँदीका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई बिक्री गर्दाको मूल्यमा बिक्री मूल्यमा सो कर लाग्ने भएको छ । एक व्यवसायीका अनुसार भन्सार र सिप प्रवर्द्धन शुल्क थपिँदा एक तोला सुनमा करिब २२ हजार रुपैयाँ मूल्य बढ्ने छ ।