0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा भएको यो वृद्धिले सुनको मूल्य पुनः उकालो लागेको संकेत गरेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १७५ रुपैयाँले वृद्धि भई ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।