0
Shares
काठमाडौँ । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेमा आधारदरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा लिन सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।
कर्जा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन तथा कानुनी र प्राविधिक परीक्षणपछि बैंकको नीतिअनुसार उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले आवाससँगै अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा पनि प्रदान गर्दै आएको छ।