गरिमा विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव
पाारित गर्ने

0 Shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारित गर्न बीसौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि सभा आह्वान गरेको हो ।

बैंकको साधारण सभा असोज २६ गते सोमबार बिहान १०ः३० बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा आयोजना हुनेछ।

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा सोका लागि आवश्यक प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ ।

सभामा लेखापरीक्षक नियुक्तिलगायतका अन्य प्रस्ताव पनि पेस हुनेछन् ।

असोज १४ गते बुकक्लोज

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार