0
Shares
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।
आज सुन प्रतितोला १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
यस्तै, आज चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।