0
Shares
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध बनेको हो ।
लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एक डेढ घण्टा लाग्ने अनुमान सडक डिभिजन भरतपुरको छ ।