काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभन पुगेर चीनको बयान गरेका छन् । फोटो सेसनमा ट्रम्पले भने, ‘उत्कृष्ट ठाउँ, अविश्वसनीय। चीन धेरै सुन्दर छ ।’
टेम्पल अफ हेभन चीनको ऐतिहासिक परिसर हो । यहाँ मिङ र चिङ राजवंशका सम्राटहरू राम्रो उब्जनीका लागि प्रार्थना र धार्मिक अनुष्ठान गर्ने विश्वास रहँदै आएको छ । टेम्पल अफ हेभन परिसरलाई दुई दिनअघि नै सर्वसाधारणका लागि बन्द गरिएको थियो ।
पत्रकारहरूले दुवै नेतालाई ताइवानबारे भएको छलफललाई लिएर प्रश्न सोधेका थिए । यद्यपि ट्रम्प र चिनफिङले यसको कुनै जवाफ दिएनन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ट्रम्पसँग दुई घण्टा चलेको बैठकपछि अमेरिकी व्यापारिक नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी कम्पनीका लागि चीनको ढोका अझ बढी खुल्ने र उनीहरूले यहाँ ठूला अवसरहरू पाउने बताए ।
ट्रम्पले लामो समयदेखि चीनलाई थप अमेरिकी सामान खरिद गर्न दबाब दिँदै आएका छन् ।