बादलले भने – रास्वपा महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड हो

0 Shares

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अराजक जमातहरुको गठजोडको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वापा विचारधारामा आधारित दल नभइ अराजक जमातको गठजोडको संज्ञा दिए ।

उनले रास्वपालाई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोडको संज्ञा दिँदै भने, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलका कमजोरीको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावको परिणाम हो ।’

सम्बन्धित समाचार