नेपाल एसबिआई बैंकको नाफामा २१.४९ प्रतिशतको वृद्धि

0 Shares

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार बैंकले रु. १.४६ अर्ब खुद नाफा आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतको वृद्धि हो ।

साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा १५३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ चैत्रको अन्त्यमा २.५३ प्रतिशतमा ल्याएकोे छ, जुन २०८१ चैत्रको अन्त्यमा ४.०६ प्रतिशत रहेको थियो । त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा ९.४६ प्रतिशतले वृद्धि गर्दै रु.३५३.५० करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. ३८६.९४ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा २७.४२ प्रतिशतले उल्लेख्य वृद्धि गर्दै रु.१२०.७२ करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. १५३.८३ करोड पुर्याएको छ ।

बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात (CAR), २०८१ चैत्रको अन्त्यमा १२.४४ प्रतिशतबाट वृद्धि गरि २०८२ चैत्रको अन्त्यमा १३.७६ प्रतिशत पुर्याएको छ, जुन १३२ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.३५ प्रतिशतबाट घटाएर ४.११ प्रतिशतमा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२४ आधार बिन्दुले कम हो ।

सम्बन्धित समाचार