मुक्तिनाथ विकास बैंकको नाफामा वृद्धि

0 Shares

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन गत वर्षको तुलनामा ३०.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.९७ प्रतिशतले ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६७ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड ३८ लाख रुपैयाँबाट घटेर ९२ करोड ५७ लाख रुपैयाँमा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८९ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४।१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार