आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु

0 Shares

काठमाडौं । आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ।

सरकारको निर्णयअनुसार आज (१५ वैशाख) देखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको हो। यसअघिका वर्षमा नयाँ शैक्षिक सत्र २ वैशाखदेखि नै सुरु हुँदै आएको थियो।

बालेन शाह नेतृत्वको सरकारले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न भन्दै १५ वैशाखदेखि विद्यालयमा भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो।

तर, कतिपय स्थानीय तहहरुले भने १५ वैशाखअगावै विद्यार्थी भर्ना सुरु गरिसकेका छन्।

 

सम्बन्धित समाचार