0
Shares
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक कार्यक्रममा हतियारधारी व्यक्तिले आक्रमण गरेको छ ।
३१ वर्षीय कोल टोमस एलेन नामक व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसपछि सुरक्षाकर्मी तत्काल सक्रिय भएका थिए । उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो ।
घटनामा गोली चलेको आवाज सुनिएपछि अतिथिहरू टेबलमुनि लुकेका थिए । राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए । उनी सकुशल छन् ।