कागतीको १५ फाइदाहरु के-के हुन् ?

0 Shares

काठमाडौं । कागती भिटामिन सी को महत्त्वपूर्ण स्रोत हो । यसलाई स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याको लागि कागतीको प्रयोग गर्ने गरिन्छ । कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियतबाट राहात पाउँन सकिन्छ । स्कर्वी रोगमा कागतीको एकभाग रस तथा आठभाग पानी हालेर दैनिक सेवन गर्नाले वा कागतीको रसमा थोरै सक्खर मिलाएर यसलाई तताएर सिरप बनाई यसमा थोरै पानी हालेर पिउँदा पित्तको लागि दाभदायक रहन्छ ।

कागतीको सेवन गर्नाले पुर्याउने १५ वटा लाभ र औषधीय गुणहरुः

शक्ति पौदा गराउँछ ,

मानसिकरुपमा कमजोरीमा लाभ पुर्याउछ ,

अथानबाट छुटकारा दिलाउँछ ,

कागती ताताएर टाउको सेक्दा दुखेको निको हुन्छ ,

चाया र कपाल झार्न ठिक गर्छ ,

अनुहारमा आएको डन्डीफोर र कोठि आउँने समस्याबाट निकाल्छ ,

कसैलाई बारम्बार बान्ता आइरहेको छ भने कागतीको सेवन गराउँदा रोक्न मद्दत पुर्याउँछ ,

अनुहारमा आएको चाउरीपनालाई ठिक पार्छ ,

पेट दुखेको पनि ठिक पार्छ ,

खानाको अरुची ठिक पार्छ ,

मुख र जिब्रोमा आएको अनावस्यक घाउँहरु ठिक पार्छ ,

कागती पानी पीसाएर खाली पेट पिउँनाले मोटोपना कम गर्छ,

हैजाको प्रभावलाई कम गर्छ ,

लुतो , दादमा कागती काटेर दल्दा ठिक हुन्छ ,

कागतीको सेवनले आँखा तेज बनाउँछ ,

सम्बन्धित समाचार