बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो

0 Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाउन विशेष व्यवस्था गरेको छ ।

बोर्डले २०८३ भदौ २२ गते गरेको निर्णयअनुसार तीन वटै जिल्लामा तोकिएको अवधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र कपी हटाउने निर्णय गरेको हो ।

भदौ १० गते रसुवाको लेहेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको थियो । नेपाल सरकारले यी तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवा सहज बनाउन बोर्डले यस्तो निर्णय गरेको जनाएको छ ।

निर्णयअनुसार बाढी प्रभावित तीन जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा बीमितले उपचार गराउँदा लाग्ने सहभुक्तानी र क्यापिङ हटाइनेछ। यसबाट विपद्का कारण प्रभावित नागरिकलाई उपचारमा थप सहजता हुने बोर्डको अपेक्षा छ ।

यस्तै, बाढीका कारण बीमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा लिन सकिने व्यवस्था गरिएको छ। सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध गराइएको ईएमआईएस युजर प्रणालीमार्फत बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवामा समेत क्षति पुगेको थियो ।

Screenshot

सम्बन्धित समाचार