ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य

0 Shares

काठमाडौँ । घरेलु मैदानमा सुरु भएको ओमनविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ले जितका लागि २८१ रनको लक्ष्य पाएको छ।

बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८० रनको योगफल तयार पारेको हो। ओमनका लागि सर्वाधिक ७२ रन बनाएका मुजिबुर अली आकाश चन्दको बलमा बोल्ड आउट भए।

ओपनर जतिन्दर सिंहले ५८ रन थपे। हासिर दाफेदारले ४६, आशिष ओडेडाराले २७ र विनायक शुक्लाले २५ रन थपे। जितेन कुमार रामानन्दी १७ र फैसल शाह पाँच रनमा अविजित रहे।

नेपालका लागि आकाश चन्दले नौ ओभरमा ३१ रन दिएर चार विकेट लिए। सन्तोष यादवले दुई, साहब आलम, शेर मल्ल र रासिद खानले समान एक विकेट आफ्नो नाममा गरे।

नेपाल ‘ए’ ले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

सम्बन्धित समाचार