सुनसरी तनावबारे नेपाल सरकारका प्रवक्ता एक शब्द नबोलेर पत्रकारलाई छल्दै बाटो लागे

0 Shares

काठमाडौं । गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि वालेन्द्र शाह नेतृत्वको सरकारको भूमिकाबारे प्रश्न उठिरहँदा बुधबार मन्त्रिपरिषद्को बैठक बस्यो ।

बुधबार अपराह्न ४ बजे बसेको यो बैठकमा प्रधानमन्त्री वालेन्द्रसहित सबैजसो क्याबिनेटका सदस्य सहभागी थिए। देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ पनि बैठकमा थिए । तर मन्त्रिपरिषद्को उक्त बैठकले सुनसरीको तनावबारे एक शब्द पनि औपचारिक निर्णयमा कञ्जुस्याइँ गरेको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्न सिंहदरबार परिसरमा उभिएका सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल उल्टे सुनसरी तनावबारे जवाफ नदिई हतार हतार बाटो लागे ।

बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोसहित विभिन्न आठवटा विधेयकलाई संघीय संसद्मा लैजान स्वीकृति दिने निर्णय भएको पोखरेलले बताए ।

 

सम्बन्धित समाचार