चैत्र २८ गते शनिबार तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत २८ गते शनिबार । सन् २०२६ अप्रिल ११ तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व नवमी तिथि । आज बिहान ५ बजेर ४६ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर २७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । सजिलै अरुको मन जित्न सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग रहेकोले सचेत रही व्यवहार गर्नु होला ।

बृष

नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्ने सफलता मिल्ने छ ।

मिथुन

समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्ने छ ।

कर्कट

बौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकोले विशेष सावधानीको खाँचो छ ।

सिंह

आजको दिन पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । मातापिताको स्वास्थ्यमा केही कमजोरी आउनसक्छ । अनावश्यक ब्यस्तता र खर्च बढ्ने योग छ ।

कन्या

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला ।

तुला

समय केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव हुनेछ भने आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न रहला । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला ।

वृश्चिक

कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुनेछ समय छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सोचेका विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउनेछ । रोकिएको काम बन्न सक्छ, उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ ।

धनु

आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । यात्रापरक काम बन्ने छ ।

मकर

आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । यात्रा घातक बन्नसक्ने देखिन्छ, आजको दिन यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आरोग्यता रहनेछ ।

कुम्भ

दिन सुखदायी नै रहने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयस्रोत बढ्ने छ ।

मीन

समय शुभदायी छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नाले उत्साह वृद्धि होला ।

सम्बन्धित समाचार