चैत २६ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत २६ गते बिहीबार । सन् २०२६ अप्रिल ९ तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व सप्तमी तिथि । आज बिहान ५ बजेर ४८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । कर्मबल बढ्नेछ तर कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार पाइने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा ध्यान लगाउनुहोला । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुनेछ ।

बृष

आरोग्य बलका साथै यश वर्चश्व बढ्ने समय छ । मानसम्मान पनि पाइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ । अनुकुलता वृद्धिका बाबजुद आज आफू केही कमजोर भएको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सकिने छ । पढाइलेखाइमा चाहेअनुसार समय दिन नसकिएला ।

मिथुन

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, तर व्यापार–व्यवसायमा लाभ हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विद्याका साथै मान प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । खर्च पनि केही बढ्ला । आरोग्यबल बढ्नेछ ।

कर्कट

मिश्रित फलदायी समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ, तर नियमित कार्यमा अरूको भर पर्दा धोका हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने देखिन्छ । मान्यजनसँग असमझदारी बढ्ला । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउला, तर खर्चको भार वृद्धि हुने योग छ ।

सिंह

कम उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने योग छ, सजग रहनुहोला । दौडधुप बढ्नेछ र उद्योग व्यापारमा सामान्य फाइदा मिल्नेछ ।

कन्या

सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । आयआर्जन राम्रै होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपान लगायतका व्यवहारमा सजगता अपनाउनुपर्ने छ ।

तुला

मेहनती जनका लागि आजको दिन उत्साहजनक रहनेछ । रोकिएको काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ला । विरोधिपक्षको चलखेल बढ्नाले चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्न सकिने समय आएको छ । प्रेम सम्बन्धमा सुधार आउला ।

वृश्चिक

व्यक्तिगत एवम् पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने समय छ । सहयोगीका माध्यमबाट विशेष काम बन्ने र सेवामूलक कामबाट धनलाभ हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्ति हुनेछ । फलदायी यात्राको अवसर जुर्ला । व्यापार–व्यवसायबाट खासै लाभ नहुने देखिन्छ ।

धनु

आजको दिन अनुकूलता वृद्धि भएको अनुभूति हुनेछ । बोली र व्यक्तित्वको प्रभावले धेरैको मन जित्न सकिएला । मित्रजन सहयोगी बन्नेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ भने चिताएका काम क्रमशः सम्पादन हुनेछन् । आर्थिक उपार्जन हुने योजनामा लगानी बढाउने मौका जुर्न सक्छ ।

मकर

श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परदेशमा हुनेलाई घर(परिवारको यादले अलिक सताउने योग छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । नियमित कार्यमा व्यस्तता वृद्धि हुनेछ ।

कुम्भ

प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्दै हुनुहुन्छ भने अघि बढ्न सक्नु हुनेछ । धेरैलाई लाभ हुने कार्य गर्न सकिने छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउने छ ।

मीन

केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्ने र हठ गर्ने बानीले समस्या निम्त्याउने योग छ । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । विवादबाट बच्न बोली र व्यवहारमा नियन्त्रण गर्नु हितकर होला ।

सम्बन्धित समाचार