अस्थायी युद्धविरामको सट्टामा हर्मुज खोल्ने प्रस्ताव इरानद्वारा अस्वीकार

0 Shares

काठमाडौं । अस्थायी युद्धविरामको बदलामा हर्मुज समुद्री मार्ग खोल्ने प्रस्ताव इरानले अस्वीकार गरेको छ। एक इरानी अधिकारीले रोयटर्सलाई अमेरिका अझै पनि स्थायी युद्धविरामका लागि तयार नभएको बताएका छन्।

उनले कसैको दबाबमा इरान सहमतिमा नआउने पनि उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अल्टिमेटम समाप्त हुन लाग्दा विभिन्न मुलुकहरू वार्ता गराउन सक्रिय छन्। पाकिस्तानका तर्फबाट अस्थायी युद्धविरामको प्रस्ताव अघि सारिएको बताइएको छ।

तथापि, पाकिस्तानी अधिकारीहरूले आफूहरूले गरिरहेको कूटनीतिक प्रयासबारे खुलासा नगर्ने बताएका छन्। तर, उनीहरूले इरानका धार्मिक नेता, कूटनीतिज्ञदेखि सैन्य अधिकारीसँग समेत कुराकानी गरिरहेको स्वीकारेका छन्।

एकअर्कामाथि दबाब सिर्जना दुवै पक्षले हमला अझ चर्काएका छन्। एजेन्सी

सम्बन्धित समाचार