चैत २३ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत २३ गते सोमबार । सन् २०२६ अप्रिल ६ तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व चतुर्थि तिथि । आज बिहान ५ बजेर ५१ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । सभा समारोहमा मान पुरस्कार प्राप्ति र स्वादिष्ट भोजनको आनन्द मिल्ला । परिवारजनसँग आत्मीयता बढ्ने देखिन्छ । तर आजको दिन आर्थिक अभावले सताउन सक्छ, विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

बृष

धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्ने देखिन्छ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सजगता अपनाउनु उचित हुनेछ । छर छिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान हुनेछ । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ ।

मिथुन

धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नयाँ स्रोत थपिनेछन् भने कामको दायित्व बढ्ने देखिन्छ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ने एवम् मानसम्मान प्राप्त हुने योग छ । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदमा रम्ने मौका जुर्ला ।

कर्कट

सुख र दुःखको सम्मिश्रणको समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । स्वास्थ्य भने खासै सबल नरहला । विश्वास गरेका साथीसंगीले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने सम्भावना छ, सावधान रहनु उचित होला । भ्रमणमा आकर्षण रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

सिंह

धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । यात्रागत कार्य उपलब्धिमूलक बन्नेछ । काममा उत्साह जागृत हुने देखिन्छ । सन्तानपक्षबाट सुख मिल्नेछ । नियमित काममा जोखिम बढ्न सक्छ । नियमकानूनले साथ दिनेछ ।

कन्या

कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने देखिन्छ, तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला

मिश्रित फलदायी समय छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने सम्भावना छ, होसियार रहनुहोला । आफन्तको साथ मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ ।

वृश्चिक

नयाँ उद्योग धन्दाको थालनी गर्न सकिने समय छ । आँट र आनन्द वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुनेछ । व्यापार व्यवसायमा प्रगतिका साथै राम्रै लाभ मिल्ने देखिन्छ । आनन्द बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । परिवारिक सुखले उत्साह बढ्नेछ ।

धनु

व्यवसायमा केही उतारचढाव आउने र आर्थिक अभावले केही सताउनसक्ने दिन छ । कृषि तथा पशुपालनमा केही फाइदा होला । स्वास्थ्यगत समस्याले सताउने योग छ, सावधनी अपनाउनुहोला । विद्यार्थी वर्गका लागि अनुकूल समय छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

मकर

धैर्यले काम लिने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । सुखद र फलदायी यात्राको सम्भावना छ ।

कुम्भ

आफन्त एवम् मित्रजनको सहयोगबाट कार्यगति बढ्ने समय छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट पनि सुख मिल्ने देखिन्छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान(सम्मान पाइनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मीन

आजको दिन साहसिक काममा विशेष आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धनलाभको योग छ । आम्दानीका विभिन्न माध्यम फेलापर्नेछन् । तर, रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य सबल रहला । सुख सुविधाको वस्तु खरिदमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

सम्बन्धित समाचार