कोलकोता आईपीएलको प्लेअफमा छनौट

0 Shares

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा छनौट भएको छ ।

गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।

वर्षाले प्रभावित भएपछि १६(१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले १६ ओभरमा सात विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ ।

त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौँ हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौँ स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

सम्बन्धित समाचार