आमा बन्दै गायिका इन्दिरा

0 Shares

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन्।

उनले चाँडै पहिलो सन्तान जन्माउने भएकी हुन्। इन्दिरा आफैँले सामाजिक सञ्जालमा बेबी बम्पको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी गराएकी हुन्।

तस्बिरमा बेबी बम्प समातिरहेकी इन्दिरा निकै खुसी देखिएकी छन्। ‘नयाँ आशीर्वादहरू चाँडै आउँदै छन्। जीवनको नयाँ चरणमा प्रवेश गर्दै’, उनले लेखेकी छिन्।

इन्दिराले २०७९ जेठ ३१ गते प्रेमी शरद केडियासग बिहे गरेकी थिइन्।

सम्बन्धित समाचार