अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार, चीन र भारतलाई होर्मुज खुला

0 Shares

काठमाडौं । खाडी मुलुकमा उत्पादित पेट्रोलियम पदार्थ विश्वभर ढुवानी गर्न महत्त्वपूर्ण मार्ग होर्मुज स्ट्रेट खुला गर्न अमेरिकाले दबाब दिइरहेको अवस्थामा इरानले मित्र राष्ट्रका खुलै रहेको प्रतिक्रिया दिएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले चीन, भारतलगायत मित्र राष्ट्रहरूलाई होर्मुज मार्ग खुला भएको बताएका हुन् । बीबीसीका अनुसार उनले चीन, रुस, भारत, इराक र पाकिस्तानजस्ता मित्र राष्ट्रहरूलाई स्ट्रेट अफ होर्मुजको बाटो खुला रहेको अमेरिकालाई जवाफ दिएको हो ।

यो समुद्री मार्गमा अवरोधले विश्वका धेरै देशमा तेल र ग्यासको अभाव भएको छ । निरन्तर मूल्य बढिरहेको छ । अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ ।

यसबीच युद्ध अन्त्यका लागि अमेरिकाले १५ बुँदे प्रस्ताव पठाए पनि इरानले अस्वीकार गरेको छ भने अहिले वार्ता गर्ने कुनै मनसाय नरहेको बताएको छ ।

सम्बन्धित समाचार