चैत ११ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत ११ गते बुधबार । सन् २०२६ मार्च २५ तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व सप्तमी तिथि । आज बिहान ६ बजेर ४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ अबको राशिफलः

मेष

चुनौती बढ्ने र काममा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । तथापि, व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । निकट सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् ।

बृष

भाग्योन्नतिको समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता तथा आफन्तको सहयोगले विशेष काम बन्ने देखिन्छ । विशेष लाभ उठाउन सकिएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । आम्दानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । खेलकुद, भ्रमणजस्ता कर्ममा आकर्षण बढ्नेछ ।

मिथुन

धर्मकर्ममा आकर्षण बढ्ने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुने देखिन्छ । पारिवारिक सहयोगले शत्रुपक्ष परास्त हुनेछ । दुर्गमस्थान तथा टाढाको यात्रा हुने सम्भावना छ, तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ ।

कर्कट

धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर कुनै मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ ।

सिंह

अरुको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, प्रयास गर्दा रोकिएका महत्वपूर्ण काम बन्नेछन् । केही मात्रामा खर्च बढ्ने देखिन्छ । आलस्यपन जाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि(चौपायाबाट लाभ मिल्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ ।

कन्या

आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । परिश्रमका बाबजुद समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

तुला

व्यस्तता बढ्ने र परिश्रम पनि अलिक बढी नै गर्नुपर्ने समय छ । श्रमअनुसार उपलब्धि नमिल्न सक्छ । तापनि नियमित काममा आंशिक सफलता मिल्नेछ । कतैबाट अप्रिय समाचार प्राप्त भइ खिन्नता बढ्नसक्ने योग छ, तर आत्मविश्वासमा कमी आउनेछैन । पढाइलेखाइमा अलिक ध्यान दिनु हितकर होला ।

वृश्चिक

प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनसक्ने दिन छ । नियमित कार्यमा जाँगर बढ्ने छ भने आम्दानी बढ्ने एवम् उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारबाट राम्रै फाइदा होला । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला ।

धनु

नियमित काममा केही चुनौती देखिए पनि नसोचेको फाइदा उठाउन सकिने समय छ । धेरैले सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ भने विभिन्न अवसर पाइने देखिन्छ । आवश्यक सजगता अपनाउन चुक्दा अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ ।

मकर

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गरिएला । रोकिएका काम सम्पादन हुने तथा नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धैर्यले काम लिने प्रयास गरे लाभको दायरा बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ ।

कुम्भ

स्वास्थ्य केही कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्ने समय भएपनि आम्दानीमा कमी नहोला । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूको भर पर्दा धोका हुनसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

मीन

प्रयत्न गर्दा चिताएको काम पूरा गर्न सकिने समय छ । आर्थिक क्षेत्रको रोकिएका काम सुचारु हुनेछ, प्रयासलाई जारी राख्नु उचित हुनेछ । अर्थ आर्जन हुने योग परेको छ । सुखद यात्राको सम्भावना छ । परिवारमा खुशीको माहोल छाउला । धर्मकर्ममा आकर्षण बढ्नुका साथै सामाजिक क्रियाकलापमा आकर्षण रहला ।

सम्बन्धित समाचार