चैत ७ गते तपाईको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत ७ गते शनिबार । सन् २०२६ मार्च २१ तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व तृतीया तिथि । आज बिहान ६ बजेर ९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृष

आर्थिक क्रियाकलापमा अनुकुलता वृद्धि भइ आम्दानी बढ्ने र उत्साह वृद्धि हुने समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्यजीवन सुखद बन्नेछ । पढाइलेखाइमा पनि प्रगति होला । स्वास्थ्य भने केही कमजोर रहनसक्छ ।

मिथुन

लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने समय छ । विभिन्न अवसर जुट्ने देखिन्छ, तर सोचविचार गरेर मात्र कामको दायित्व लिनु उचित हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, जसले गर्दा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आरोग्यबल बढ्नेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहने छ ।

कर्कट

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्छन्, होसियारीपूर्वक दैनन्दिन कर्मम जुट्नु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

सिंह

मिश्रित फलदायी दिन छ । नियमित कार्यमा केही बाधा पैदा हुने र बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । विपरीतलिंगीको माध्यमबाट फाइदा मिल्ने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

कन्या

भाग्यले साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कामलाई भने निरन्तरता दिन सकिने छ । प्रेमभाव बढ्नेछ, दाम्पत्यसुख मिल्नेछ ।

तुला

आजको दिन नियमित कार्यमा केही चुनैती बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । इष्र्या गर्नेहरूले काममा अवरोध गर्नसक्छन्, ध्यान राख्नुहोला ।

वृश्चिक

आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नुका साथै प्रतिस्पर्धामा विजयी भइनेछ । आयबल बढ्नाले उत्साह जागृत गराउला ।

धनु

धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुने योग छ । चुनौतीपूर्ण कामको दायित्व आइपर्न सक्छ, तथापि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला ।

मकर

आजको दिन केही चुनौती बढ्ने देखिन्छ । मौकापरस्त व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनु उचित होला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । कामविशेषमा सरकारी कडिकडाउको सिकार भइने योग छ ।

कुम्भ

रोकिएका काम बन्नाले उत्साह जाग्ने समय भएपनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । प्रेमको बन्धन कसिनेछ । मिठो भोजन प्राप्त हुनेछ भने रमाइलो यात्राको सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्ने छ ।

मीन

प्रयत्न गरेका काम ढिलो सम्पादन हुने र न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । काम बिग्रने भयले सताउन सक्छ । श्रमको उचित मूल्य नपाइने देखिन्छ, तर कर्मले दिने सन्तुष्टि मिल्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । साहस प्रदर्शन गर्नुपर्ने कार्यमा आकर्षण रहनेछ ।

सम्बन्धित समाचार