चैत ६ गते तपाईको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ चैत ६ गते शुक्रबार । सन् २०२६ मार्च २० तारिख । नेपाल सम्बत ११४६ चौलाथ्व द्वितीया तिथि । आज बिहान ६ बजेर १० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउनसक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहन सक्छ । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले व्यस्तता बढ्ने छ ।

बृष

समस्याहरु आफैँ किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सकेजति खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । लाभदायी यात्राको योग छ । आयबल बढ्ने छ ।

मिथुन

सामाजिक कार्यमा संलग्न हुनुपर्ने दिन छ । दान पुण्यका कार्यमा आकर्षण रहला । आजको दिन सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ ।

कर्कट

आजको दिन व्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । शिक्षण–प्रशिक्षण कार्यमा भने आज खासै प्रगति नहोला ।

सिंह

रोकिएका कामहरु बन्न थल्नेछन् । प्रयास गरेअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तजनले पनि सहयोग गर्नाले सबै काम लाभदायी रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषीजनसँगको भेटले मन रमाउने छ ।

कन्या

आजको दिन अनावश्यक डर पैदा हुनुका साथै विवादको सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । कसैसँग सामान्य विवाद वा झैझगडाको सम्भावना छ, सावधान रहेर ब्यवहार गर्नुहोला ।

तुला

त्यसै अन्योल र अलमल गराउने खालको समय छ । दौडधुप बढ्नेछ तर काममा मन नजान सक्छ । परिवारजनबाट भने सुख मिल्ने देखिन्छ । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहला । आफन्तको साथ मिलेपनि सोचेको काम पूरा नहुन सक्छ ।

वृश्चिक

अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने महत्वपूर्ण काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ कामको थालनी हुनसक्छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउने छ ।

धनु

आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्नेछन् । नयाँ सामान खरिदको सम्भावना छ । बाहन, चौपाया आदि प्राप्त हुने ग्रहयोग छ । प्रेमभावका साथै आत्मविश्वास वृद्धि हुनेछ ।

मकर

नियमित कार्यमा जाँगर बढ्ने समय भएपनि परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । अनावश्यक खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउला । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

कुम्भ

पराक्रमका साथै ब्यस्तता बढ्ने दिन छ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ ।

मीन

दिन केही चुनौतीयुक्त नै रहने देखिन्छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । अनावश्यक खर्च बढ्ने योग छ । गरेका कार्यहरू सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने सम्भावना छ । महत्वपूर्ण कार्यमा बाधा पर्ला ।

सम्बन्धित समाचार