इरानसँगको युद्धमा १३ अमेरिकी सैनिकको मृत्यु, सयौँ घाइते

0 Shares

काठमाडौं । अमेरिकी सैन्य अधिकारीका अनुसार इरान-अमेरिका-इजरायल युद्धमा घाइते हुने अमेरिकी सैनिकहरूको संख्या दुई सय पुगेको छ । युद्धमा परी कम्तीमा १३ सैनिकको मृत्यु भइसकेको छ ।

मध्यपूर्वमा गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हमला गरी युद्ध सुरु गरेका थिए । त्यसयता हालसम्म तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

इरान बाहिरबाट सञ्चालन हुने ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)का अनुसार मृत्यु हुनेमा एक हजार ३५१ सर्वसाधारण र एक हजार १२६ सैन्य कर्मचारी छन् ।

यसैबीच लेबनानमा मात्र हालसम्म ८८६ जनाको मृत्यु भइसकेको छ । युद्धका कारण संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरब, बहराइन र ओमान लगायतका देशहरूले पनि मानव क्षतिको विवरण सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार