0
Shares
काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि आक्रान्त बनेको इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दाबी गरेको छ ।
इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख इसास्थित अमेरिकी हवाइ सेना ध्वस्त पारिएको जनाएको छ ।
अमेरिकी सेना बसेको भवन नष्ट भएको र इन्धन ट्यांक विष्फोट भएको दाबी गरिएको छ । फार्स न्युज एजेन्सीले जारी गरेको भिडिओमा टाढाबाट अमेरिकी सैन्य शिविरमा रकेट हमला भइरहेको देखाइएको छ ।
यस हमलाबारे अमेरिकाले भने केही प्रतिक्रिया जनाएको छैन । यसअघि अमेरिकी नौसैनिक अड्डामा धुँवा उडेको देखाइएको थियो ।