जिम्बाबे विश्वपकको ‘सुपर-८’मा, अस्ट्रेलिया समूह चरणबाटै बाहिरियो

0 Shares

काठमाडौं । आयरल्यान्डसँगको खेल रद्द भएपछि जिम्बाबे आईसीसी टी-२० विश्वकपको ‘सुपर-८’मा पुगेको छ भने अस्ट्रेलिया लिग चरणबाटै बाहिरिएको छ।

मंगलबार श्रीलंकाको कोलोम्बोमा जिम्बाबे र आयरल्यान्डबीचको खेल पानी परेका कारण रद्द भएपछि जिम्बाबेले ‘सुपर-८’को यात्रा तय गरेको हो। जिम्बाबेले ‘सुपर-८ मा पुगेपछि अस्ट्रेलिया भने समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘बी’बाट जिम्बाबेसँगै श्रीलंकाले ‘सुपर-८’मा स्थान बनाएका छन्। आयरल्यान्ड, अस्ट्रेलिया र ओमान समूह चरणबाट बाहिरिएका छन्।

विश्व क्रिकेटको ‘पावर हाउस’ अस्ट्रेलियालाई पछि पार्दै जिम्बाबे अर्को चरणमा पुगेको हो। सन् २०२१ को विश्वकप विजेता अस्ट्रेलिया पछिल्ला ६ मध्ये पाँच विश्वपकमा नकआउट चरणअघि नै बाहिरिएको थियो।

आजै भएको पहिलो खेलमा क्यानडालाई ८ विकेटले हराउँदै न्युजिल्यान्ड ‘सुपर-८’ मा पुगेको छ।

जारी विश्वकपमा समूह ‘ए’बाट भारत, समूह ‘बी’बाट श्रीलंका र जिम्बाबे ‘सुपर-८’ मा पुगेका छन्। समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड, समूह ‘डी’बाट दक्षिण अफ्रिका र न्यूजिल्यान्डले ‘सुपर-८’मा स्थान पक्का गरिसकेका छन्।

सम्बन्धित समाचार