काठमाडौं। टी-२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्ध खेलमा ९ विकेटले पराजित भएसँगै एक खेलअगावै नेपाल बाहिरिएको छ । कमजोर ब्याटिङका बीच नेपालले १३४ रनको लक्ष्य दिँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर पूरा गरेको हो।
वेस्ट इन्डिजविरुद्धको बलिङमा नेपालका लागि नन्दन यादवले एक विकेट लिन सफल भए । ब्याटिङतर्फ ब्राडन किङले २२ रन बनाए । कप्तान साही होपले ६१ रन बनाउँदा सिम्रन ह्याटमेयरले ४६ रन बनाए ।
नेपालका लागि मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली हुन् । उनले ४७ बलमा ५८ रन बनाएका थिए ।
आठौँ नम्बरमा आएको सोमपाल कामीले केमियो इनिङ खेल्दै नेपाललाई उकास्न मद्दत गरे । उनले १५ बलमा २६ बल बनाउँदै नटआउट भएका थिए ।
नेपालका लागि कप्तान रोहित पौडेल ५, आसिफ शेख ११, आरो शेख २ र लोकेश बम र गुल्सन झा ११–११ रन बनाए ।
बलिङमा वेष्ट इन्डिजका ज्यासन होल्डरले ३, अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले १–१ विकेट लिएका थिए ।