0
Shares
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुने भएको हो ।
समूह चरणमा सुरुवाती दुई खेलमा हार बेहोरेको नेपालका लागि बाँकी खेल पनि महत्वपूर्ण छ । दुवै खेलमा नेपाल जित्नै पर्ने दबाबमा छ । वेस्ट इन्डिज लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्ने छ । नेपाल एक खेलअगावै बाहिरिने छ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
यसअघि भएका खेलमा नेपालल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै, इटालीसँग १० विकेटले पराजित भएको थियो ।