टी-२० विश्वकपः आज तीन खेल हुँदै, नेपाललाई पराजित गर्ने इंग्ल्यान्डले वेस्ट इन्डिज भिड्दै

0 Shares

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा आज तीन समूहका एक एक खेल हुँदै छ ।

ग्रुप डीमा रहेका अफगानिस्तान र दक्षिण अफ्रिकाले बिहान ११ः१५ बजे भिड्दै छन् । अपराह्न ३ः१५ मा ग्रुप बीमा रहेको आयरल्यान्डले अस्ट्रेलियाको सामना गर्ने छ ।

त्यसैगरी साँझ ७ः१५ मा नेपाल रहेको ग्रुप सीका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । यसअघि इंग्ल्यान्डले नेपाललाई चार रनले पराजित गर्दै जित हात पारेको थियो ।

आज भिड्नलागेका टोलीमध्ये दक्षिण अफ्रिकाले पहिलो खेल जित्दै २ अंक हात पारेको छ । त्यस्तै अफगानिस्तानले पहिलो खेल गुमाएको थियो । यो समूहमा न्यु जिल्यान्ड ४ अंकसहित पहिलो स्थानमा छ । यो समूहमा अफगानिस्तान, अमेरिका र क्यानडा शून्य जितपछि शून्य अंकमा छन् ।

त्यसैगरी, आयरल्यान्डले पहिलो खेल गुमाएकाले अंकविहीन छ । अस्ट्रेलियाले विश्वकपकै पहिलो खेल खेल्दै छ । ग्रुप बीमा जिम्बाब्वे र श्रीलंका समान २ अंकसहित पहिलो र दोस्रो स्थानमा हुँदा आयरल्यान्ड र ओमान शून्य अंकमा छन् ।

यता इंग्ल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध ४ रनको जित हात पार्दै २ अंक जोडेको थियो । त्यसैगरी वेस्ट इन्डिजले पनि पहिलो खेलमा जित हात पार्दै २ अंक नै जोडेको छ । यी दुई टोली समूह सीमा क्रमशः पहिलो र तेस्रो स्थानमा छन् ।

सम्बन्धित समाचार