सामसुङ नेपालको होली अफर, वासिङ मेसिन र रेफ्रिजेरेटर खरिदमा २३ प्रतिशत क्यासब्याक

0 Shares

काठमाडैं। सामसुङ नेपालले होली अफरसहित वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसुङ रिटेलरमा लागू हुनेछ।

अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकले ७ केजीदेखि १२ केजीसम्मका एआइ इकोबबल वासर ड्रायर, फ्रन्टलोड र सेमिअटो मेटिक टपलोड वासिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी सिंगल डोर, डबल डोर र साइड बाई साइड रेफ्रिजरेटरमा १७५ सम्मको क्यासब्याक उपलब्ध छ।

सामसङ वासिङ मेसिनमा डीआइटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भेल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरमा ३०० भेल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ, जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित गरेको सबै मोडलमा निःशुल्क इन्स्टलेसन उपलब्ध हुने कम्पनीले बताएको छ।

कम्पनीले श्रेणीअनुसारका वासिङ मेसिन र रेफ्रिजिरेटर खरिदमा ११ देखि २३ प्रतिशतसम्म छुट दिनेछ। हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसुङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकले सामसुङ होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्पसँग प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार