0
Shares
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० मा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज पाँच हजार दुई सय कायम भएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० पुगेको थियो । तीन दिन सुनको मूल्यमा भारी गिरावट हुँदा ५२ हजार ७०० ले घटेको छ ।