रेकर्ड मूल्यबाट प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

0 Shares

काठमाडौं । शुक्रबार सुनको भाउ रेकर्ड मूल्यबाट प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाली सुन चाँदी ब्यवसाय महंसघका अनुसर सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ विहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय थियो ।

यस दिन चाँदी पनि ४४० रुपैयाँले घटेको छ । बजारमा चाँदि प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबीक्री भइरहेको छ । विहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार