सुनको भाउ २ लाख ८५ हजार नजिक, निरन्तर रेकर्ड

0 Shares

काठमाडौं । सुनचाँदीको भाउले निरन्तर रिकर्ड कायम गरिरहेको छ । आज मंगलबार पनि रेकर्ड ब्रेक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो । हिजो पनि सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।

चाँदीको मूल्य तोलाको ७० रूपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार ५ हजार ८१० थियो ।

सम्बन्धित समाचार